आज: ३० फाल्गुन २०८१, शुक्रबार | Fri, 14, Mar, 2025

वामदेब गौतम केन्द्रीय कमिटी बैठकमा उपस्थित हुने

गोकर्णेश्वर खबर१८ असार २०७८, शुक्रबार १२:०९ मा प्रकाशित (३ साल अघि) २५८ पाठक संख्या

काठमाडौं । एमाले उपाध्यक्ष वामदेब गौतम केन्द्रीय कमिटी बैठकमा उपस्थित हुने भएका छन्।

नवौं महाधिवेशनको हैसियत अनुसार बैठकमा सहभागि हुन पत्र पठाइएकाले गौतम बैठकमा सहभागि हुन लागेको उनको सचिवालयले जनाएको छ।

पार्टी २०७५ जेठ २ मा फर्किने र त्यहीँ अनुसारको कमिटी बैठक राख्ने भनेकाले बालुवाटार जान लागिएको गौतमका स्वकिय सचिव दिपक टमाटाले जानकारी दिए।

२०७७ पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेदेखि गौतम तटस्थ बनेका छन्।