३ महिला समुहका अध्यक्षद्वारा पहिलो चरणको राहत वितरण सुरु
गोकर्णेश्वर खबर१७ असार २०७८, बिहीबार २१:५१ मा प्रकाशित (३ साल अघि)४८२ पाठक संख्या
काठमाडौं । ३ महिला समुहका अध्यक्षहरुले पहिलो चरणको राहत वितरण सुरु गरेको छ ।
सिद्धिदात्री महिला सकोसकी अध्यक्ष तारा देवी फुयाल र उन्नति जागरण महिला समुहकी अध्यक्ष राबिन पौडेल र बिहानी एकल महिला समुहकी अध्यक्ष झुमा लामाले दैनिक ज्यालादारी गर्ने मजदुरलाई राहत वितरण गरेको छ ।
गोकर्णेश्वर नगरपालिका ८ बेसीगाउमा रहेको सिद्धिदात्री महिला सकोसको कार्यलयमा ५ घर परिवारका लागि राहत वितरण गरेको सकोसकी अध्यक्ष तारा देवी फुयालले जानकारी दिएको हो ।