आज: २ बैशाख २०८२, मंगलवार | Tue, 15, Apr, 2025

पाँचकिलोमा पहिरो झरेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

गोकर्णेश्वर खबर१७ असार २०७८, बिहीबार ०७:१९ मा प्रकाशित (३ साल अघि) ५७५ पाठक संख्या

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ।

इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको छ।

पहिरो गए राति २ः१० बजे खसेको हो। यस क्षेत्रमा निरन्तर पानी परिरहेको छ।