काठमाडौं । लोक सेवा आयोगले कोरोना संक्रमण महामारीका कारण रोकिएका परीक्षाहरु साउन १५ गतेदेखि सन्चालन गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले रोकिएका परीक्षाहरु साउन १५ देखि असोज २५ गतेसम्म गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमणका कारण र आयोगमा पदाधिकारी रिक्त हुँदा खरिदारदेखि सहसचिवसम्मका परीक्षाहरु रोकिएका थिए ।
आयोगले ११ वटा विज्ञापनमा रोकिएका परीक्षा, अन्तर्वार्ता, नतिजा प्रकाशनलगायतको कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
परीक्षाहरु जतिसक्दो छिटो सक्न दुईदेखि तीन सिफ्टमा परीक्षा सन्चालन गर्ने तयारी आयोगले गरेको छ ।
हेर्नुहोस् परीक्षा तालिका