आज: १२ फाल्गुन २०८१, सोमबार | Mon, 24, Feb, 2025

मण्डिखाटारमा पौडेल र सिटौलासँग सुजाताको ‘लन्च मिटिङ’

गोकर्णेश्वर खबर१४ असार २०७८, सोमबार १७:५७ मा प्रकाशित (३ साल अघि) २०३ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासँग छलफल गरेकी छन्।

१४ औँ महाधिवेशनमा सभापतिको दाबेदार देखिएकी कोइरालाले सोमबार पौडेल र सिटौलासँग मण्डिखाटार स्थिति निवासमा लन्च मिटिङ गरेकी हुन्।

डेढ घन्टा भएको छलफलमा क्रियाशील सदस्यता वितरणमा अपनाइएको शैलीको विरोध गर्नुपर्ने विषयमा सहमति जुटेको पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले बताए।

‘क्रियाशील सदस्यता जसरी वितरण हुँदैछ, यसलाई रोक्न पर्छ नत्र यो समस्या बढाउने खालको छ,’ छलफलबारे अधिकारीले भने।

भेटघाटका लागि कोइरालाले नै उनीहरुलाई बोलाएकी थिइन्। छलफलमा आगामी महाधिवेशनमा सहयोग गर्न तयार रहेको कृष्ण सिटौलाले बताए।

‘महाधिवेशनमा सहयोग गर्न तयार छु,’ सिटौलाले पौडेल र कोइरालासँग भने, ‘१३ औं महाधिवेशनमा एक भएकाहरु अहिले पनि मिलेर अघि बढौं।’