आज: २ चैत्र २०८१, आईतवार | Sun, 16, Mar, 2025

काठमाडौं उपत्यकामा भोलीदेखि सार्वजनिक यातायात सञ्चालन गर्न पाइने

गोकर्णेश्वर खबर१४ असार २०७८, सोमबार ११:४९ मा प्रकाशित (३ साल अघि) ६५८ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा भोलि (मंगलबार) देखि सार्वजनिक सवारीसाधन पनि सञ्चालन गर्न पाइने भएको छ।

अहिले बैठक जारी रहेको र जोर,बिजोर प्रणालीमा यातायात खुलाउनेबारे औपचारिक निर्णय गर्न मात्र बाँकी रहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए।

‘भोलिदेखि अरू एक हप्ता निषेधाज्ञा थप गर्ने निर्णय भर्खर भयो,’ उनले भने, ‘अब सार्वजनिक सवारीसाधन कसरी सञ्चालन गर्न दिने भन्ने विषयमा निर्णय गर्न बाँकी छ।’

यसअघि घोषित निषेधाज्ञाको अवधि आज राति १२ बजेबाट सकिँदै छ।

निषेधाज्ञाका कारण गत वैशाख १६ देखि काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिइएको छैन।

अहिले उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक जारी छ। थपिएको निषेधाज्ञामा सार्वजनिक सवारीसाधन तथा अन्य कुन कुन क्षेत्र सञ्चालन गर्ने भन्ने विषयमा बैठक सकिएपछि विस्तृत जानकारीसहितको आदेश जारी गरिनेछ।