आज: १२ मंसिर २०८१, बुधबार | Wed, 27, Nov, 2024

सिन्धुपाल्चोकमा फेरि बाढी : मेलम्चीमा बगायो तीन तले घर

गोकर्णेश्वर खबर१२ असार २०७८, शनिबार १०:०५ मा प्रकाशित (३ साल अघि) ५५८ पाठक संख्या

काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती नदीको बाढीले मेलम्ची बजारको एउटा तीन तले घर बगाएको छ। अविरल वर्षापछि असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीबाट जोगिएको उक्त घर निरन्तरको वर्षा र कटानका कारण बगेको हो ।

मेलम्ची ११ का गोपाल भनिने महेन्द्र दुलालको तीन तले घर नदि कटानको कारणले ढलेको हो। यसअघि अहिलेसम्म मेलम्चीमा कुनै पनि व्यक्तिको घर ढलेको थिएन।

प्रहरीका अनुसार गोपालका परिवार अन्तै कोठा लिएर बसेकाले सबै सुरक्षित छन्।

शनिबार बिहान हेलम्बु र मेलम्ची क्षेत्रमा पानी परिरहेपछि बढेको इन्द्रावतीले मेलम्ची बजारमा रहेको गोपाल दुलालको तीन तले घर शनिबार बिहान बगाएको हो।

असार १ गतेदेखि आएको बाढीले हेलम्बु र मेलम्चीमा ५ जनाको मृत्यु भएको छ, दर्जनौ बेपत्ता भएका छन्। त्यस्तै ४०० भन्दा बढी घर बिस्थापित भएका छन्।

निरन्तर वर्षाको कारण नदिमा पानीको बहाब बढिरहेकाले नदि आसपासका र तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन इलाका प्रहरी कार्यलय मेलम्चीले आग्रह गरेको छ।