आज: ५ बैशाख २०८२, शुक्रबार | Fri, 18, Apr, 2025

सन्तोषी हत्या आरोपमा बौद्धबाट एक युवक पक्राउ

गोकर्णेश्वर खबर१० असार २०७८, बिहीबार ११:०५ मा प्रकाशित (३ साल अघि) ६५३ पाठक संख्या

काठमाडौं । दक्षिणकाली मन्दिर परिसरमा क्रुर तरिकाले हत्या गरिएकी सन्तोषी सुब्बाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार राजधानीको बौद्ध क्षेत्रबाट एक जनालाई पक्राउ गरिएको हो।

महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले पक्राउ परेका युवकलाई आजै सार्वजनिक गरिने जानकारी दिए।

दक्षिणकाली मन्दिर परिसरमा मंगलबार बिहानै एक जना महिलाको शव देखेपछि च्याउ टिप्न गएका दुई महिला तर्सिएका थिए।

स्थानीय महिला आत्तिएर त्यहीँ नजिकै रहेको इलाका प्रहरी कार्यालयमा खबर गरेपछि घटनास्थलमा अनुसन्धान गर्न प्रहरी टोली पुगेको थियो।

महानगरीय प्रहरी परिसर, महानगरीय अपराध महाशाखा, कीर्तिपुर वृत्तसहित त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञसहितको टोली अनुसन्धानमा खटिएको थियो।