आज: ५ बैशाख २०८२, शुक्रबार | Fri, 18, Apr, 2025

सिद्धिदात्री सहकारी संस्थाको आयोजनामा ५ गते पाठेघर स्वास्थ्य परिक्षण शिविर हुने

गोकर्णेश्वर खबर३ असार २०७८, बिहीबार २१:४२ मा प्रकाशित (३ साल अघि) ७९० पाठक संख्या

३ असार, काठमाडौं । खाङ्ग्री इन्टरनेशनल अस्पताल जोरपाटीमा प्रथम पाठेघर स्वास्थ्य परिक्षण शिविर हुने भएको छ ।

गोकर्णेश्वर नगरपालिका र गोनपा वडा ८ को आर्थिक सहयोगमा गोकर्णेश्वर नगरपालिका वडा नं. ८ मा रहेको सिद्धिदात्री महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा प्रथम पाठेघर स्वास्थ्य परिक्षण शिविर कार्यक्रम आयोजना हुने भएको हो ।

 

विश्वब्यापी रुपमा फैलिएको कोभिड – १९ दोश्रो लहरको यो कहाली लाग्दो अवस्थामा जन मानसमा भएको डर सँगै स्वास्थ्यलाई ध्यानमा राखी यही २०७८ असार ५ गते शनिवार खाङ्ग्री इन्टरनेशनल अस्पताल जोरपाटीमा बिहान १० ः०० देखि दिउसो ३ः०० बजे सम्मा आयोजना हुने उक्त स्वास्थ्य परिक्षण कार्यक्रममा सहभागी भई स्वास्थ्य परिक्षण गर्न सिद्धिदात्री महिला बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष तारा देवी फुयालले अनुरोध गरेको छ ।