काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउपलिकाको विपद राहत कोषमा १० /१० लाख रुपैयाँको दरले सहयोग गर्ने भएको छ ।
नगरपालिकाले आज बिहान नगर प्रमुख कृष्णहरि थापाको अध्यक्षतामा बैठक बसी मेलम्ची र हेलम्बुका बाढी प्रभावित क्षेत्रमा सहयोग स्वरुप मेलम्ची नगर पालिका तथा हेलम्बु गाउपलिकको विपद राहत कोषमा १० /१० लाख रुपैयाका दरले कागेश्वरी मनोहरा नगरपालिकाले सहयोग गर्ने निर्णय गरेको छ।
मंगलबार राति मेलम्ची नदीमा बाढी आउँदा हेलम्बु र मेलम्चीका धेरै घर डुबानमा परेको र सयौँ मानिस घरबारविहीन भएका छन् ।