आज: १६ बैशाख २०८२, मंगलवार | Tue, 29, Apr, 2025

कतार,टर्की लगायतका देशहरुमा हवाई उडान सुरू गर्ने कोरोना व्यवस्थापन निर्देशक समितिको निर्णय

गोकर्णेश्वर खबर३ असार २०७८, बिहीबार ११:२७ मा प्रकाशित (३ साल अघि) ४७१ पाठक संख्या

काठमाडौं । कोरोना व्यवस्थापन निर्देशक समितिले नेपाली कामदार धेरै भएका देशहरूमा फेरि हवाई उडान सुरू गर्ने निर्णय गरेको छ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले नेपाली कामदार धेरै संख्यामा रहेका देशहरूमा पुनः हवाई उडान सुरू गर्ने निर्णय गरेको हो।

बैठकले टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशियाजस्ता देशहरुमा हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको हो।

यी देशहरुबाट सातामा दुई हजार जना यात्रुभन्दा नबढने गरी हवाई उडान सञ्चालन हुनेछन्।

बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ।

कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ।