सिन्धुपाल्चोक बाढी-पहिरो पीडितका लागि गोकर्णेश्वर नगरपालिकाद्वारा ५ लाख सहयोग गर्ने
गोकर्णेश्वर खबर२ असार २०७८, बुधबार २०:२६ मा प्रकाशित (३ साल अघि)१०८० पाठक संख्या
काठमाडौं । सिन्धुपाल्चोक बाढी–पहिरो पीडितका लागि काठमाडौं गोकर्णेश्वर नगरपालिकाले ५ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।
विपत्तमा परेकाहरुलाई राहत उपलब्ध गराउन नगरपालिकाको तर्फबाट ५ लाख सहयोगको घोषणा गरिएको गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले गोकर्णेश्वर खबरलाई बताए । मेयर चालिसेले भने- ‘हाम्रो छिमेकी जिल्ला सिन्धुपाल्चोक यतीबेला बाढी र पहिरोको चपेटोमा परेको छ । सयौं जनता विस्थापित बन्न पुगेको खबर पाएका छौं । केहीको मृत्यु तथा वेपत्ता भएको आशंका गरिएको छ । यस्तो दुखद घडीमा राहत तथा उद्धारमा खटिएर सहयोग गर्नु मानविय धर्म पनि हो । सोही अनुरुप गोकर्णेश्वर नगरपालिकाले छिमेकी जिल्लामा परेको विपत्तको लागि राहत स्वरुप ५ लाख उपलब्ध गराउने निर्णय गरेका छौं ।’
काठमाडौंले मेलम्चिको पानीले तिर्खा मेट्ने भएकोले मेलम्चीका जनता पिडामा परेको दुःखको यस घडिमा मेलम्ची नगरपालिकालाई सहयोग गर्नु मानवीय दायित्व सम्झदै गोकर्णेश्वर नगरपालिकाले सहयोग गर्न लागेको मेयर चालिसेले बताए ।