काठमाडौं जेठ २५। गोकर्णेश्वर नगरपालिका वडा नं ३ तारेभिरमा एन्टीजेन प्रबिधि मार्फत कोरोना परिक्षण गरिरहेको छ।
२४ जना पुरुष र ३५ जना महिला गरि कुल ५९ जनाको परिक्षण गर्दा २ जना पुरुष र ५ जना महिला गरी ७ जनामा एन्टीजेन पोजेटिभ देखिएको वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीले जानकारी दिए।