आज: ९ माघ २०८१, बुधबार | Wed, 22, Jan, 2025

सगरमाथामा लायन्सको झण्डा फहराउन सफल सिटौला विश्वका २ सय बढी राष्ट्रहरुमा नेपालको झण्डा फहराउने यात्रामा

गोकर्णेश्वर खबर२१ जेष्ठ २०७८, शुक्रबार १०:५३ मा प्रकाशित (३ साल अघि) ५१२ पाठक संख्या

काठमाडौं । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ मल्टिपल कन्भेन्सनमा इन्टरनेसनल डाइरेक्टरको लागी यतिबेला लायनकर्मीहरु धमाधम चुनावी प्रचार प्रसारमा जुटिरहेका छन् । स्वच्छछवि र कुशल नेतृत्वको परिचय बनाएका लायन खगेन्द्र सिटौला पनि लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ मल्टिपल कन्भेन्सनमा इन्टरनेसनल डाइरेक्टरको नेतृत्व गर्ने विश्वासका साथ चुनावी मैदानमा होमिएका छन् । लायन्स भित्रको लामो अनुभव,सक्रिय भूमिका र कुशल अभिभावकका रुपमा स्थापित सिटौलाको जित सुनिश्चत रहेको लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ ले दावी गरेको छ।

जेष्ठ २१ र २२ (आज र भोली)  गते हुने मल्टिपल कन्भेन्सनमा बिधुतिय मतदानका लागि एक दिनको समय बाँकि रहँदा डिस्ट्रिक ए १ ले गरेको नमुना मतदान र सर्वेक्षणमा सिटौला करिव १०० मतले अगाडी रहेको सिटौलाका निर्वाचन अभियान प्रचार प्रमुख लायन राजन श्रेष्ठले दावी गरे। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ मल्टिपल कन्भेन्सनमा डिस्ट्रिक ए १ मा ६०१,ए २ मा ४६१ ,बि १ मा ११६८ र बि २ मा ७४७ मतदाता रहेका छन।

लायन्स क्लव इन्टरनेसनलमा सिटौलाले गरेको योगदान र विगतमा भएका सहमतिका आधारमा सबै डिस्ट्रिकका लायन मतदाताहरुले मत दिने विश्वास व्यक्त गरे । उनले सिटौला सबैको साझा उम्मेदवार बन्ने समेत दावी गरेका छन।

पूर्व काउन्सिल चेयरपर्सन तथा ग्लोबल एक्शन टीम एरिया लिडर समेत रहेका सिटौलाले आफ्नो गभर्नरकाल (२००६-०७) मा सर्वोच्च शिखर सगरमाथामा लायन्सको झण्डा फहराउन सफल भएका थिए । उनै सिटौला आज नेपालको झण्डा विश्वका २०० भन्दा बढी राष्ट्रहरुमा फहराउन अघि बढेका छन् ।

लामो इतिहास बोकेका सिटौला विभिन्न पद तथा संस्थाहरुको नेतृत्व गर्दै आएका एक सफल नेतृत्वकर्ता मानिन्छन् । १९९७ मा दिङ्गला भोजपुर क्लबमा चार्टर मेम्बर का रुपमा प्रवेश गरेका सिटौला २००४-२००५ मा क्याबिनेट सेक्रेटरीको विशिष्ट भूमिकामा रहे । २००६-२००७ को डिष्ट्रिक्ट गभर्नर,३२५ ए डिष्ट्रिक्टका सफल गभर्नर (२०१२-२०१३) मा काउन्सिल चेयरपर्सनको अहम् भूमिका निर्वाह गर्दै मल्टिपल डिष्ट्रिक्ट कोअर्डिनेटर एलसीआईएफ(LCIF)मा २००७-०८ देखि २०१५-१६ सम्म १० वर्षको लामो अनुभव र विज्ञता हासिल गरेका छन् ।

त्यस्तै लायन्स क्वेस्टका अध्यक्ष मल्टिपल लेभलमा (२०१०-११ देखि २०१५-१६), ग्लोबल मेम्बरसिप टीमको संयोजक,मल्टिपलमा सफल नेतृत्वदायी भूमिका (२०१३-१४ देखि २०१५-१६),एरिया लिडरको रुपमा GMT को नेतृत्व, मल्टिपल ३०५ पाकिस्तान तथा मल्टिपल ३२५ नेपालको अन्तर्राष्ट्रिय भूमिका (२०१७-१९ ) मा काम गरेका छन । ग्याट(GAT)को एरिया लिडरका रुपमा २०१९ देखि हालसम्म कुशल नेतृत्व र गहन दायित्वको निर्वाह गरेका सिटौला ६ पटक इण्टरनेशनल डाइरेक्टर इण्डोर्सीको परिचय स्थापित गरेका व्यक्तित्वका रुपमा चिनिदै आएका छन् ।

कुशल नेतृत्वदायी भूमिका दिन सक्ने सिटौललालाई आज र भोली हुन गइरहेको मतदान मार्फत विजयी गराई राष्ट्रिय एकता स्थापित गर्ने र सिंगो नेपाल लायन्सको भविष्य तथा दिशानिर्देशन गर्ने दिनबाट कोहि पनि नचुक्न लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ ले आग्रह गरेको छ । डिस्ट्रिक ३२५ ए १ ले ले भनेको छ- ‘ आज र भोली हुन गईरहेको मतदानको सहि सदुपयोग गर्दै राष्ट्रिय एकता स्थापित गर्ने र सिंगो नेपाल लायन्सको भविष्य तथा दिशानिर्देशन गर्ने बाटोबाट कोहि पनि नचुकौं । लामो अनुभव र सफल नेतृत्व गरिसक्नुभएका इमान्दार र स्वछछवि भएका इण्टरनेशनल डाइरेक्टर इन्डोर्सी पदका उम्मेदबार लायन खगन्द्र सिटौलालाई अमुल्य मतबाट विजयी गराऔं’