आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

युवा समाजसेवी गोकुल रोक्काबाट बौद्ध प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग

गोकर्णेश्वर खबर२१ जेष्ठ २०७८, शुक्रबार १०:५२ मा प्रकाशित (३ साल अघि) ७१२ पाठक संख्या

२१ जेठ, काठमाडौं । युवा समाजसेवी तथा नेपाल तरुण दल काठमाडौंका संगठन विभाग सदस्य गोकुल रोक्काले बिहिबार प्रहरी प्रभाग बौद्धलाई कोरोनाबाट सुरक्षाका लागि माक्स स्यानिटाईजर लगायतका सामग्री सहयोग गरेका छन् ।

कोरोना संक्रमणको कठिन समयमा फ्रन्टलाईनमा रहेर काम गर्ने सुरक्षाकर्मीहरुलाई संक्रमणको जोखिम धेरै हुने भएकाले सामग्री हस्तान्तरण गरेको युवा समाजसेवी रोक्काले बताए । अहिलेको कठिन समयमा एकले अर्कालाई सहयोग गरेर मात्रै कोरोनासँगको लडाई जित्न सकिने भएकोले जनताको सेवामा अहोरात्र खटिएका सुरक्षाकर्मीलाई केही सहयोग पुगोस् भनेर आफू जिम्बेवार नागरिक भएको नाताले आफ्नो तर्फबाट व्यक्तिगत रुपमा केही सहयोग गरेको रोक्काले बताए ।

रोक्काले प्रहरी प्रभाग बौद्धलाई सेनिटाईजर १० लिटर, फिनेल १० लिटर, हरपिक १० लिटर, पम्प स्पे १ पिस हस्तान्तरण गरेका छन् ।