आज: ४ बैशाख २०८२, बिहीबार | Thu, 17, Apr, 2025

डब्लूएचओले भन्यो- नेपालमा कोरोनाको छुट्टै भेरियन्ट देखा परेको जानकारी छैन्

गोकर्णेश्वर खबर२० जेष्ठ २०७८, बिहीबार १५:०८ मा प्रकाशित (३ साल अघि) ३१९ पाठक संख्या

काठमाडौं । विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयले नेपालमा कोरोनाको छुट्टै नयाँ भेरियन्ट देखा परेको विषयमा आफूलाई जानकारी नभएको बताएको छ।

बेलायती संचार माध्यमहरुले कोरोनाको नेपाली भेरियन्ट रहेको दाबी गरेपछि डब्लूएचओले नेपालमा छुट्टै भेरियन्ट रहेको विषयमा आफूलाई जानकारी नभएको जानकारी दिएको हो।

डब्लूएचओका अनुसार हालसम्म नेपालमा भारतका दुई र बेलायतका एक गरी तीन भेरियन्ट देखिएका छन्। तीमध्ये अहिले नेपालमा डेल्टा मात्र सक्रिय छ।

डेलीमेलले बेलायती वैज्ञानिकहरुको भनाइ उदृत गर्दै नेपाली भेरियन्ट खतरनाक भएको र त्यसलाई खोपले समेत काम नगर्ने उल्लेख गरेको छ।

डब्लूएचओसँगै नेपालको स्वास्थ्य मन्त्रालयले पनि आफूहरुलाई कोरोनाको नयाँ भेरियन्टबारे थाहा नभएको र समाचारमा आएको विषय आधिकारिक हो यहा होइन भन्ने अनुसन्धान भइरहेको बताएको छ।

नेपालमा सार्स-कोभ-२ को नयाँ भेरियन्ट फेला परेको भन्नेकुरामा विश्व स्वास्थ्य संगठन अवगत छैन ।

नेपालमा सार्स-कोभ-२ को नयाँ भेरियन्ट फेला परेको भन्नेकुरामा विश्व स्वास्थ्य संगठन अवगत छैन । नेपालमा रहेका भेरियन्टहरु Alpha (B.1.1.7), Delta (B.1.617.2) र Kappa (B.1.617.1) हुन् । यी तीन मध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट Delta (B.1.617.2) हो ।