आज: ९ माघ २०८१, बुधबार | Wed, 22, Jan, 2025

कोरोनाका कारण भैरहवामा कार्यरत ३५ वर्षीय चिकित्सकको मृत्यु

गोकर्णेश्वर खबर२० जेष्ठ २०७८, बिहीबार १४:०२ मा प्रकाशित (३ साल अघि) ४७५ पाठक संख्या

बुटवल । कोरोना संक्रमणका कारण युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा कार्यरत एक चिकित्सकको मृत्यु भएको छ ।

कपिलवस्तु घर भएका ३५ वर्षका फिजिसियन डा. पशुपति रजौरियाको उपचारको क्रममा ग्राण्डी इन्टरनेसनल हस्पिटल काठमाडौंमा बुधबार राति मृत्यु भएको हो ।

कोरोना संक्रमणपछि वैशाख २० गते युनिभर्सल मेडिकल कलेजमै एचडीयू कक्षमा उपचार गराएका रजौरियालाई चार दिनपछि हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो ।

युनिभर्सल मेडिकल कलेजका सूचना अधिकारी सुशील गुरुङका अनुसार डा. रजौरियाकी श्रीमती डा. हसिना बानु पनि कोरोना संक्रमित थिइन् ।

डा. बानु भने कोरोना संक्रमणमुक्त भइसकेकी गुरुङले बताए । हालसम्म मेडिकल कलेजमा १ सय ६० जना स्वास्थ्यकर्मी कोभिड संक्रमित भएपनि चिकित्सक मृत्यु भएको यो पहिलो घटना भएको गुरुङले बताए ।