आज: ३० फाल्गुन २०८१, शुक्रबार | Fri, 14, Mar, 2025

एमाले निकट युवा संघको अध्यक्षमा पौडेल चयन

गोकर्णेश्वर खबर१८ जेष्ठ २०७८, मंगलवार १०:४२ मा प्रकाशित (३ साल अघि) २३७ पाठक संख्या

काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको अध्यक्षमा किरण पौडेल चयन भएका छन्।

संघको सोमबार भर्चुअल रुपमा भएको सचिवालय बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको महासचिव रमेश आचार्यले जानकारी दिए।

संघका अध्यक्ष बचनवहादुर सिंह उमेरहदका कारण स्वतः पदमुक्त भएपछि सहअध्यक्ष पौडेललाई अध्यक्षमा चयन गरिएको हो। युवा सङ्घमा ४० वर्ष उमेरहद तोकिएको छ।

महासचिव आचार्यले आजको बैठकले अध्यक्षमात्र चयन गरेको र केन्द्रीय कमिटी यथावत रहेको बताए। सङ्घमा एक हजार दुई सयको केन्द्रीय कमिटी रहेको छ।

नवनिर्वाचित अध्यक्ष पौडेलले संघलाई कोरोना भाइरस महामारी नियन्त्रणका रुपमा परिचालन गर्ने बताए।