तस्बिर: सरोज बस्नेत
काठमाडौँ, जेठ १६ , प्रतिनिधि सभा विघटनको बिरुद्द मसाल जुलुस सहित गोकर्णेश्वर नगरपालिका वडा नं ४ भैरबचौर चोकमा जेठ १४ गते विरोध प्रदर्शन गरिएको छ।
नेपाली कांग्रेस गोकर्णेश्वर ४ को आयोजनामा भएको उक्त प्रदर्शनको नेतृत्व नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नम्बर ३ का कोषाध्यक्ष किरण केसीले गरेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन र मध्यावधि चुनावको घोषणा असंवैधानिक कदम भएको भन्दै बिरोध प्रदर्शन गरिएको कोषाध्यक्ष केसीले बताए।
प्रदर्शनमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला समेत जलाएका थिए ।