आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

बारपाकमा कोरोना तीव्र रुपमा फैलदोे : ८२ जनामा संक्रमण पुष्टि

गोकर्णेश्वर खबर१६ जेष्ठ २०७८, आईतवार १०:१५ मा प्रकाशित (३ साल अघि) ७५४ पाठक संख्या

काठमाडौं । गोरखाको बारपाकमा ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

शनिबार २४ जना र शुक्रबार ५८ जनामा कोरोना देखिएको हो।

अझै तीन सय ४२ जनाको रिपोर्ट आउन बाँकी छ।

दुई सातामा १३ जनाको मृत्युपछि गण्डकी प्रदेश, जिल्ला स्वास्थ्य कार्यालय र बारपाक सुलिकोट गाउँपालिकाको छुट्टाछुट्टै स्वास्थ्यकर्मीको टिम परिचालन गरी बारपाकीको स्वाब लिइएको थियो।

बारपाक गाउँमा करिब एक हजार तीन सय घरधुरी छ। यहाँका बासिन्दाले सुरूमा स्वाब परीक्षण गर्न मानेका थिएनन्।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत, कांग्रेस सांसद प्रकाशचन्द्र दवाडी, जसपा सांसद धनमाया लामा पोखरेललगायत स्वास्थ्यकर्मी लिएर बारपाक गएपछि स्थानीयहरूको स्वाब लिइएको थियो।

यसैबीच बारपाक सुलिकोट वडा नम्बर २ की २४ वर्षीया महिलालाई मनाङ एअरको हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पताल ल्याइएको छ।

बारपाकमा कोरोना संक्रमण फैलिएपछि गाउँपालिका प्रमुख बिष्णु भट्टले प्रदेश र केन्द्र सरकारको सहयोग मागेका थिए।