आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

मन्त्रिपरिषदबाट बजेट स्वीकृत, बजेट अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

गोकर्णेश्वर खबर१५ जेष्ठ २०७८, शनिबार १५:२१ मा प्रकाशित (३ साल अघि) ४८६ पाठक संख्या

काठमाडौं ।मन्त्रिपरिषद बैठकले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट स्वीकृत गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यादेशमार्फत बजेट ल्याउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि सिफारिस गर्ने निर्णय गरेको छ।

आज दिउँसो ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। बजेटको आकार १६ खर्ब हाराहारी हुने अनुमान छ।

संसद् भंग गरिएको संकटपूर्ण घडीमा अध्यादेशबाट बजेट ल्याउन नहुने भनेर विपक्षी दललगायत विभिन्न पक्षबाट खबरदारी भइरहेका बेला सरकारले आज ४ बजेट सार्वजनिक गर्दैछ।

हरेक वर्ष वार्षिक बजेट विधेयकको रुपमा संसदबाट ल्याउनुपर्ने व्यवस्था भए पनि अहिले प्रतिनिधि सभा विघटन भएकाले सरकारले अध्यादेशमार्फत ल्याउन लागेको हो।

जेठ १५ मा बजेट ल्याउनु पर्ने संवैधानिक बाध्यता रहेको छ।