आज: ९ माघ २०८१, बुधबार | Wed, 22, Jan, 2025

सुदूरपश्चिममा ओली पक्ष पेलिदैं : एमाले सुदूरपश्चिम प्रमुख सचेतकबाट तामाङलाई हटाएर खड्कालाई दिइयो जिम्मेवारी

गोकर्णेश्वर खबर१४ जेष्ठ २०७८, शुक्रबार १८:१७ मा प्रकाशित (३ साल अघि) २८० पाठक संख्या

धनगढी । नेकपा एमाले, सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले प्रमुख सचेतक तारा लामा तामाङलाई हटाएका छन् ।

उनले सभामुखलाई पत्र पठाउँदै लामालाई अन्य जिम्मेवारी प्रदान गर्नुपर्ने भएकाले प्रमुख सचेतकको जिम्मेबारीबाट मुक्त गरिएको जानकारी दिएका हुन् । दलका नेता शाहले लालबहादुर खड्कालाई प्रमुख सचेतक र दुर्गाकुमारी कामीलाई सचेतक नियुक्त गरेको सूचना पनि सभामुखलाई दिएका छन् ।

सुदूरपश्चिम प्रदेशसभाको सबभन्दा ठूलो दल एमालेका २५ प्रदेशसभा सदस्य छन् । कमिटीमा माधवकुमार नेपाल समूहको बहुमत छ । नेपाल पक्षमा १९ र केपी शर्मा ओली पक्षमा ७ जना छन्, जसमध्ये एक प्रदेशसभाका सभामुख छन् ।

पछिल्लो समय त्यहाँ एमालेको दुई समूहको विवादको प्रभाव देखिएको छ । हालै मात्र एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको छ भने भने संसदीय दलले सरकारलाई समर्थन कायमै राख्ने निर्णय गरेको छ ।

यसलाई लिएर सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष र सचिवले तीन मन्त्रीलाई स्पष्टीकरण सोधेका थिए । तर उनीहरुले स्पष्टीकरण सोध्ने नेताहरुमाथि नै प्रश्न उठाएका छन् ।