आज: १२ मंसिर २०८१, बुधबार | Wed, 27, Nov, 2024

नागरिकलाई खोपको दोस्रो मात्रा जसरी पनि व्यवस्था गर्छौं: प्रधानमन्त्री ओली

गोकर्णेश्वर खबर१४ जेष्ठ २०७८, शुक्रबार १७:१० मा प्रकाशित (३ साल अघि) २५६ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई दोस्रो डोज जसरी पनि व्यवस्था गर्ने बताएका छन् ।

शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पहिलो डोज खोप लगाएका नागरिकलाई दोस्रो खोप जसरी पनि उपलब्ध गराउने बताएका हुन् ।

पहिलो मात्रा खोप लगाएका ज्येष्ठ नागरिकलाई जसरी पनि खोप व्यवस्था गर्ने प्रधानमन्त्री ओलीको भनाई छ । सबै वयस्क नागरिकलाई खोप व्यवस्था गर्ने पनि उनले बताए ।

नेपालमा अनुदानमा ३२ लाख २८ हजार डोज र खरिद गरेर १० लाख डोज खोप ल्याइएको प्रधानमन्त्रीको भनाई छ ।v