काठमाडौं, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैहुनुहुन्छ । आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नुभएको हो । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संसदमा बजेट पेस गर्नुपर्नेमा गत ७ जेठको मध्यरातमा संसद विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउने तयारी भइरहेको छ । आज दिउसो ४ बजे सम्वोधन गरिने बालुवाटार स्रोत जनाएको छ ।