आज: ६ बैशाख २०८२, शनिबार | Sat, 19, Apr, 2025

विवेकशील साझाका पूर्वअध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था गम्भीर, ग्राण्डीमा उपचार हुँदै

गोकर्णेश्वर खबर१४ जेष्ठ २०७८, शुक्रबार १२:४४ मा प्रकाशित (३ साल अघि) ४४२ पाठक संख्या

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ।

काठमाडौंको ग्राण्डी अस्पतालमा विगत २४ घण्टादेखि थापालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ।

डाक्टर विश्व दवाडीले थापाको अवस्था स्थिर रहेको बताए।

‘उहाँको अवस्था स्थिर छ। हिजो बिहानदेखि भेन्टिलेटरमा राखिएको हो,’ उनले भने।

थापालाई कोरोना र निमोनिया देखिएको उनको भनाइ छ।

करिब दुई साताअगाडिदेखि उनी उपचाररत छन्।

थापालाई ग्राण्डी अस्पतालबाट मेडिसिटी अस्पताल सार्ने तयारीसहित छलफल भइरहेको छ।