आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

जाजरकाेटका ८२२ विपन्न परिवारलाई खाद्यान्न सहयोग

गोकर्णेश्वर खबर१३ जेष्ठ २०७८, बिहीबार १०:२३ मा प्रकाशित (३ साल अघि) ३०४ पाठक संख्या

फाइल तस्वीर

जाजरकोट । छेडागाड नगरपालिकाभित्र रहेका ८२२ विपन्न परिवारालाई खाद्यान्न वितरण गरिएको छ । आफ्नै जमीनमा उत्पादन गरेको अन्नले छ महिना खान नपुग्ने छेडागाडभित्रका सर्वसाधारणलाई खाद्यान्न वितरण गरिएको हो ।

प्रतिपरिवार १० हजार ८१५ बराबरको खाद्यान्न सहयोग गरिएको पाँचतारा युवा संरक्षण मञ्च जाजरकोटका छवि पन्तले जानकारी दिनुभयो ।

कोभिडका कारण समस्यामा परेर हैरानी बेहोरेका विपन्न सर्वसाधारणलाई सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षण मञ्चले ८२२ घरधुरीलाई खाद्यान्न उपलव्ध गराएका हुन् । करिब ८९ लाख बराबरको खाद्यान्न दिइएको पन्तले जानकारी दिनुभयो ।

त्यस्तै दुई हजार ६७३ बालबालिकालाई सरसफाइका सामग्रीसमेत वितरण गरिएको छ ।