आज: १६ बैशाख २०८२, मंगलवार | Tue, 29, Apr, 2025

सिद्धिदात्री महिला बचत तथा ऋण सहकारी संस्था ली.ले जेठ १२ गते रक्तदान गर्दै

गोकर्णेश्वर खबर११ जेष्ठ २०७८, मंगलवार ०७:५५ मा प्रकाशित (३ साल अघि) १०७१ पाठक संख्या

काठमाडौं ,  सिद्धिदात्री महिला बचत तथा ऋण सहकारी संस्था ली.ले  बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

विश्वब्यापी रुपमा फैलिएको कोभिड – १९  दोश्रो लहरको यो कहाली लाग्दो अवस्थामा जन मानसमा भएको डर सँगै स्वास्थ्यलाई ध्यानमा राखी रक्त संचारमा केही सहायता गर्ने सोचले यही  २०७८ जेठ १२ गते बुधबार बुद्ध जयन्तीको अवसर पारेर गोकर्णेश्वर नगरपालिका  वडा ८ को कार्यालयमा बिहान ८ देखि १० बजे सम्मा आयोजना  हुने उक्त रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्न आयोजकले अनुरोध गरेको छ  ।

कोभिड – १९ दोश्रो लहर  कारण अस्पतालहरुमा उपचारार्थ बिरामीहरुलाई रगत अभाबका कारण समस्या उत्पन्न नहोस भनेर उक्त रक्तदान कार्यक्रममा आयोजना गरेको  सिद्धिदात्री महिला बचत तथा ऋण सहकारी संस्था ली का अध्यक्ष तारा देवी फुयालले जानकारी गराए।  रक्तदान गर्नाले अन्य व्यक्तिको जीवनमात्र बच्दैन, रक्तदान गर्ने व्यक्तिको शरीर समेत स्वस्थ रहने भन्दै उनले स्वस्थ व्यक्तिलाई रक्तदानमा सहभागी भई रक्तदान गर्नको लागि अनुरोध गरेका छन।