काठमाडौं जेठ १० । गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ ७ गते सम्ममा ८१६ जना पुरुष र ६७४ जना महिला गरि कुल १४ सय ९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो अवधिमा कोरोनाका कारण ३२ जनाको मृत्यु भएको छ भने ९ सय ९ जना निको भएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति कोरोना संक्रमित ?
गोकर्णेश्वर नगरपालिका वडा नं १ मा ३० जना पुरुष र १८ जना महिला गरि कुल ४० जना
वडा नं २ मा ३६ जना पुरुष र २७ जना महिला गरि कुल ६३ जना
वडा नं ३ मा ४१ जना पुरुष र २४ जना महिला गरि कुल ६५ जना
वडा नं ४ मा १२९ जना पुरुष र १११ जना महिला गरि कुल २४० जना
वडा नं ५ मा १५२ जना पुरुष र ११५ जना महिला गरि २६७ जना
वडा नं ६ मा १६४ जना पुरुष र १३५ जना महिला गरि २९९ जना
वडा नं ७ मा ५९ जना पुरुष र ६२ जना महिला गरि कुल १२१ जना
वडा नं ८ मा १५७ जना पुरुष र १४१ जना महिला गरि कुल २९८ जना
वडा नं ९ मा ४८ जना पुरुष र ४१ जना महिला गरि कुल ८९ जना संक्रमित रहेको जनाएको छ।