काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीमा जुट्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।
संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठन हुन नसकी प्रतिनिधिसभा विघटन भएर कात्तिक २६ र मंसिर ३ मा निर्वाचनको मिति तोकिएको छ ।
लगत्तै प्रधानमन्त्रीले निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियासहित आयुक्तहरुसँग बालुवाटारमा छलफल गरेका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले निर्वाचन आयोगले आफ्नो तयारी थाल्नुपर्ने भन्दै निर्वाचन अपरिहार्य भएकाले मुलुक त्यसतर्फ अघि बढेको बताएको बताएका छन् ।
बैठकमा आयोगका सबै आयुक्त सहभागी थिए । उपप्रधानमन्त्री ईश्वर पोखरेल, संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, पूर्व महान्यायाधिवक्ता अग्नि खरेल समेत बैठकमा सहभागी थिए ।