आज: ३० फाल्गुन २०८१, शुक्रबार | Fri, 14, Mar, 2025

मध्यरातमा राष्ट्रपतिबाट संविधान च्यात्ने काम भयो,यसले देशलाई कहालीलाग्दो द्वन्द्वमा लग्यो : कोइराला

गोकर्णेश्वर खबर८ जेष्ठ २०७८, शनिबार ११:३२ मा प्रकाशित (३ साल अघि) २२७ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले राष्ट्रपतिबाट मध्यरातमा फेरि संविधान च्यात्ने काम भएको बताएका छन्।

ट्वीटरमा लेख्दै कोइरालाले यो कदमले देशलाई कहालीलाग्दो द्वन्द्वमा लगेको बताएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्याह्न राति प्रतिनिधिसभा विघटन गरेपछि कोइरालाले यस्तो प्रतिक्रिया दिएका हुन्।

कोइरालाले राष्ट्रपतिले आफ्नो पदको गरिमा र मर्यादा कुल्चेको बताएका छन्।

‘संविधानलाई समाप्त गर्ने काम भएको छ। राष्ट्रपतिको यो कदम कदापि क्षम्य हुनै सक्दैन,’ कोइरालाले भनेका छन्।