आज: १२ मंसिर २०८१, बुधबार | Wed, 27, Nov, 2024

एमालेका १२१ र जसपाका ३२ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा ओलीको पनि दाबी

गोकर्णेश्वर खबर७ जेष्ठ २०७८, शुक्रबार १६:१९ मा प्रकाशित (३ साल अघि) ७४३ पाठक संख्या

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन् । उनले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा)का ३२ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् ।

यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा १४९ सांसद जुटेको थियो । लगतै प्रधानमन्त्रीमा दाबी गर्न विपक्षी गठबन्धनका नेताहरुसहित उनी शीतल निवास पुगेका थिए ।