आज: १२ मंसिर २०८१, बुधबार | Wed, 27, Nov, 2024

प्रधानमन्त्री ओलीलाई कारवाही माग गर्दै कांग्रेसले दियो निर्वाचन आयोगमा उजुरी

गोकर्णेश्वर खबर६ जेष्ठ २०७८, बिहीबार १३:२९ मा प्रकाशित (३ साल अघि) ३०७ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाहीको माग गर्दै नेपाली कांग्रेसले निर्वाचन आयोगमा उजुरी दिएको छ ।

कांग्रेस संसदीय दलले निर्वाचन आचारसंहिताविपरित काम गरेको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएका हुन् ।

उजुरीमा प्रधाननमन्त्री ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीको माग गरिएको छ ।

उजुरीमा भनिएको छ, ‘निर्वाचन आयोगले निर्वाचन आचार संहिता, २०७२ को दफा ५ घ (३) र (५) र दफा (६) विपरीत कार्य गर्ने जो कोहीलाई कारवाही गर्न यो बैठक जोडदार माग गर्दछ ।’