आज: १६ फाल्गुन २०८१, शुक्रबार | Fri, 28, Feb, 2025

आजको मौसम : ‘ताउ ते’ प्रभावका कारण देशभर वर्षाको सम्भावना

गोकर्णेश्वर खबर६ जेष्ठ २०७८, बिहीबार ०७:५१ मा प्रकाशित (३ साल अघि) ३९८ पाठक संख्या

काठमाडौं– अरव सागरमा उत्पन्न भएको चक्रवात ताउ तेको प्रभावका कारण नेपालमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज बिहानैदेखि देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। काठमाडौँ उपत्यकासहित देशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको विभागको भनाइ छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।