आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

निषेधाज्ञामा कर नतिरे पनि जरिवाना नलगाउन सर्वोच्चको आदेश

गोकर्णेश्वर खबर६ जेष्ठ २०७८, बिहीबार ०७:३३ मा प्रकाशित (३ साल अघि) ३१३ पाठक संख्या

काठमाडौं । सर्वोच्च अदालतले निषेधाज्ञा अवधिमा कर नतिरे पनि जरिवाना नलिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

अधिवक्ता सिर्जना अधिकारीको रिटमा सुनुवाइ गर्दै न्यायाधीश मीरा खड्काको एकल इजलासले कर विवरण र दाखिला नगरेका कारण जरिवाना र हर्जना नलिन अर्थ मन्त्रालयका नाममा आदेश जारी गरेको हो ।

आन्तरिक राजस्व विभागले कर तिर्नका लागि सूचना जारी नगरे पनि जरिवाना लगाएको पाइएको भन्दै अधिकारीले जेठ ३ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

निषेधाज्ञा तथा बन्दाबन्दीको अवधि समाप्त भएपछि बाटोका म्यादबाहेक ३० दिनभित्र विवरण र कर बुझाउने व्यवस्था गर्न पनि अदालतले अन्तरिम आदेश जारी गरेको छ । समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।