आज: १३ मंसिर २०८१, बिहीबार | Thu, 28, Nov, 2024

आगामी तीन दिनको मौसम : यी क्षेत्रमा हिमपात र मेघगर्जनसहित भारी बर्षा, सर्तक रहन आग्रह

गोकर्णेश्वर खबर५ जेष्ठ २०७८, बुधबार ०७:२९ मा प्रकाशित (३ साल अघि) ४८५ पाठक संख्या

काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको गुजरातको आसपासमा रहेको चक्रवात ताउ-ते “TaukTae” को प्रभाव रहेको छ ।

हाल प्रदेश २ र प्रदेश १ मा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा सामान्य देखि पुर्ण बदली रहेको छ। कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका भूभागको  एक/दुई स्थानमा हल्का वर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

 २०७८ जेठ ५ गते (बुधबार)

दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ।कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका  र बाँकी प्रदेशको पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक रदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भूभागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपात र वर्षाको सम्भावना छ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ।कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका  र बाँकी प्रदेशको पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा  भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भूभागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपात र वर्षाको सम्भावना छ।

२०७८ जेठ ६ गने (बिहिबार)

दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ।कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशको थोरै स्थानहारुमा हल्का देखि मध्यम वर्षको सम्भावना रहेको छ ।  थोरै स्थानहरूमा भारी वर्षा हुनुको साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश को १/२ स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।

उच्च हिमाली भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात र वर्षाका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च हिमाली भूभागका को थोरै स्थानमा साथै अन्य प्रदेशको १र२ स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको छ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ।कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशको थोरै स्थानहारुमा हल्का देखि मध्यम वर्षको सम्भावना रहेको छ । थोरै स्थानहरूमा भारी वर्षा हुनुको साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश को १र२ स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।

उच्च हिमाली भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात र वर्षाका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च हिमाली भूभागका को थोरै स्थानमा साथै अन्य प्रदेशको १र२ स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको छ।

२०७८ जेठ ७ गने (शुक्रबार)

दिउँसो : सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगाएत देशका बाँकी पहाडी भूभागमा सामान्य  बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेशको केहि ठाँउमा र बाँकी पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती :  प्रदेश १ लगाएत देशका बाँकी पहाडी भूभागमा सामान्य  बदली र बाँकी भूभागमा सामान्यतय सफा रहनेछ। प्रदेश १ को पहाडी भूभागको एक/रदुई  स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका  र बाँकी प्रदेशको पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा  भारी वर्षाको सम्भावना रहेको छ ।

उच्च हिमाली भूभागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपातर वर्षाको सम्भावना समेत रहेको कारणले  खोलानालाहरुमा जलप्रवाह  बढोत्तरि हुने, यातायत क्षेत्र समेत प्रभावित हुने संभावना  रहेकोले आवश्यक  सतर्कता अपनाउन विभागको आग्रह छ ।