आज: १ चैत्र २०८१, शनिबार | Sat, 15, Mar, 2025

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बुधबार

गोकर्णेश्वर खबर४ जेष्ठ २०७८, मंगलवार १४:३५ मा प्रकाशित (३ साल अघि) ३६४ पाठक संख्या

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न यही जेठ ५ गते पार्टीको संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ ।

संसद् भवन ल्होत्से कक्ष बानेश्वरमा अपराह्न २ः३० बजे बस्ने बैठकमा कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रण, संसद्को बजेट अधिवेशन, समसामयिक राजनीतिलगायत छलफल हुने सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।