आज: १२ मंसिर २०८१, बुधबार | Wed, 27, Nov, 2024

अब एमाले कसरी अघि बढ्छ ? १० नेताले पाए मार्गचित्र बनाउने जिम्मेवारी

गोकर्णेश्वर खबर२ जेष्ठ २०७८, आईतवार १७:२२ मा प्रकाशित (३ साल अघि) ५२७ पाठक संख्या

२ जेठ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा भएकाे वार्ता सकिएकाे छ । आज सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको वार्तामा पार्टीको आन्तरिक समस्या हल गर्न कार्यदल बनाउन दुई नेताबीच सहमति भएकाे छ ।

नेकपा एमालेको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा दुवै पक्षका ५/५ जना सदस्य बनाउने निर्णय भएकाे वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिनुभयाे ।

कार्यदलमा अध्यक्ष ओलीको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल हुनुहुन्छ भने माधव नेपाल पक्षको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहनु भएकाे छ ।‘कार्यदललाई तीन दिनको समय दिने कुरा भएको छ । सो कार्यादलले नै खाका तयार गर्नेछ’, नेता नेपालले भन्नुभयाे ।