आज: १३ मंसिर २०८१, बिहीबार | Thu, 28, Nov, 2024

उपत्यकामा निषेधाज्ञा उल्लङ्घन गर्ने १,०९५ सवारी साधन ‘होल्ड’

गोकर्णेश्वर खबर२ जेष्ठ २०७८, आईतवार १४:२० मा प्रकाशित (३ साल अघि) ५०४ पाठक संख्या

काठमाडौं । कोभिड–१९ सङक्रमण रोकथामका लागि उपत्यकामा गरिएको निषेधाज्ञा जारी छ ।

आइतबार उपत्यकामा निषेधाज्ञाको अवज्ञा गरी चलाइएका १ हजार ९५ वटा सवारी साधनलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक प्रहरीले होल्ड गरेको छ । जसमा ८ सय ४६ वटा दुइ पाङग्रे, १ सय ८८ वटा चार पाङ्ग्रे, १६ वटा ट्याक्सी र ४५ वटा अन्य ठूला सवारी साधन रहेका छन् ।

निषेधाज्ञालाई प्रभावकारी बनाउन उपत्यका अधिकांश स्थानमा सुरक्षा चेकजाँचलाई प्रभावकारी बनाइएको छ ।

काठमाडौं उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

उपत्यकाका प्रशासन कार्यालयले पटक–पटक गरि जेठ १३ गतेसम्म निषेधाज्ञा थप गरेको छ ।