आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

दोश्रो डोज खोपका लागि गोकर्णेश्वरमा नेपाल मेडिकल कलेज र चामुण्डा माबी केन्द्र तोकिए

गोकर्णेश्वर खबर१ जेष्ठ २०७८, शनिबार १४:४४ मा प्रकाशित (३ साल अघि) ६८७ पाठक संख्या

काठमाडौं जेठ १। दोश्रो डोज चिनिया खोपका लागि गोकर्णेश्वर नगरपालिकामा दुई केन्द्र तोकिएका छन।  गोकर्णेश्वर नगरपालिका वडा नं ६को चामुण्डा माबी नारायणटार र  गोकर्णेश्वर नगरपालिका वडा नं ८ स्थित नेपाल मेडिकल कलेज क्याम्पस भवनलाइ  खोप केन्द्र तोकिएको हो  ।

जनस्वास्थ्य मापदण्ड पालना गर्दै १८ देखि ५९ वर्ष उमेर समुहका नागरिकहरुले आफ्नो स्थानीय तह संग सम्पर्क गरेर खोप लगाउनका लागि अनुरोध गर्दै पहिलो  जेष्ठ २ गते देखि चिनिया भेरोसेल खोप अभियान शुरु हुन लागेको हो ।पहिलो मात्राको  भेरोसेल भ्याक्सिन लगाएको प्रमाणित खोप कार्ड अनिवार्य ल्याउनु पर्नेछ।