काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारकी पत्नी निर्मला गच्छदारको निधन भएको छ ।
काठमाडौँको नर्भिक अस्पतालमा उपचाररत उनको शनिबार बिहान ४ः४५ बजे निधन भएको हो ।
लामो समयदेखि कलेजोको बिरामीसमेत रहेकी उनलाई भारतस्थित नयाँ दिल्लीमा उपचार गरिएको थियो ।
पछिल्लो समय नर्भिकमा उपचाररत उनलाई दुई दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो ।