आज: ७ बैशाख २०८२, आईतवार | Sun, 20, Apr, 2025

प्रधानमन्त्रीको दाबी : कोरोना महामारीमा कसैले भ्रष्टाचार गरे कडा कारबाही हुन्छ

गोकर्णेश्वर खबर३१ बैशाख २०७८, शुक्रबार १६:५३ मा प्रकाशित (३ साल अघि) २९२ पाठक संख्या

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका बेला कसैले भ्रष्टाचार गर्छ भने त्यसलाई कडाइकासाथ कारबाही गरिने बताएका छन्।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदवहाली गर्ने क्रममा प्रधानमन्त्री ओलीले कोरोना महामारीमा औषधि र औषधिजन्य सामग्री खरिदमा भ्रष्टाचार गरे त्यसलाई नछोडिने दाबी गरे।

‘मैले भनेको छु। मानव जातिकै अस्थित्वमाथि संकट भइरहेको बेलामा कसैले औषधि, स्वास्थ्य सामग्री खरिद वा स्वास्थ्य सेवा उपलब्ध गराउने सन्दर्भमा भ्रष्टाचार गर्छ वा अनुचित लाभ लिन खोज्छ भने त्यस्ता तत्वहरुमाथि कडाइकासाथ कारबाही हुन्छ’ ओलीले भने, ‘त्यो सरकारले गर्छ नै। त्यसका निम्ति  सरकारका विभिन्न अंगहरुलाई आग्रह गर्न चाहन्छु।’

बिरामी वा बिरामीका सम्बन्धित परिवार कसैबाट अनुचित लाभ लिने काम गरे त्यस्ता व्यक्तिलाई नछोडिने प्रधानमन्त्रीले दोहोर्‍याए। महामारीका बेला अनुचित लाभ लिन खोज्नेलाई कारबाही हुने कुरामा शंका नगर्न ओलीले आग्रह गरे।