आज: १२ मंसिर २०८१, बुधबार | Wed, 27, Nov, 2024

ओलीले लिए तेस्रोपटक प्रधानमन्त्रीको सपथ

गोकर्णेश्वर खबर३१ बैशाख २०७८, शुक्रबार १५:३७ मा प्रकाशित (३ साल अघि) ३९४ पाठक संख्या

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिएका छन् । तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले नेपालको ४३ औं प्रधानमन्त्रीको रूपमा सपथ लिएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित विशेष समारोहका बीच ओलीलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको छ ।

गठबन्धन सरकारका लागि दिएको समयसीमा घर्किएपछि हिजो राति अबेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताको रूपमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।