आज: १७ माघ २०८१, बिहीबार | Thu, 30, Jan, 2025

माधव नेपालले बोलाए बैठक

गोकर्णेश्वर खबर३१ बैशाख २०७८, शुक्रबार १२:५५ मा प्रकाशित (३ साल अघि) ६६७ पाठक संख्या

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षधर नेताहरुलाई बैठक राखी हिजो अध्यक्ष केपी ओलीसँग भएको सहमतिबारे जानकारी गराएका छन् ।

आफू निकट शीर्ष नेताहरुसँगको बैठकपछि केन्द्रीय सदस्यहरुसित बैठक राखेका छन् । दिउँसो २ बजे केन्द्रीय सदस्यहरुलाई भर्चुअल माध्यममार्फत बैठक राखेका हुन् ।

बैठकमा २०७५ जेठ २ कै वरिपरि रहेर सहमति गर्ने गरी बनाउन लागिएको कार्यदलमा पठाउने सदस्यहरूबारे पनि छलफल भएको छ ।

केन्द्रीय सदस्यहरुलाई भर्चुअल माध्यममार्फत बैठकमा सहभागी हुन खबर आएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।