आज: १२ मंसिर २०८१, बुधबार | Wed, 27, Nov, 2024

एमाले अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त हुँदै

गोकर्णेश्वर खबर३० बैशाख २०७८, बिहीबार २०:२१ मा प्रकाशित (३ साल अघि) ७६० पाठक संख्या

३० वैशाख, काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीमा पुनः नियुक्त हुनुहुनेभएको छ। संविधानको धारा ७६(२) अनुसार दलहरूले बहुमतको सरकार गठन गर्न दाबी पेश गर्न नसक्ने अवस्था सिर्जना भएको र विपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले बुहमतको सरकारमा दाबी पेश गर्न नसक्ने बताएपछि ओली मुलकको प्रधानमन्त्रीमा तेस्रो पटक नियुक्त हुन लाग्नुभएको हो । ओली आजै राति वा भोलि बिहान संविधानको धारा ७६(३) अनुसार ठूलो दलको नेताको हैसियतामा प्रधानमन्त्री नियुक्त हुनुहुनेछ ।