आज: २ चैत्र २०८१, आईतवार | Sun, 16, Mar, 2025

ठाकुर-महतो बाहिरिए लगत्तै देउवा निवासमा पुगे प्रचण्ड

गोकर्णेश्वर खबर३० बैशाख २०७८, बिहीबार १५:३६ मा प्रकाशित (३ साल अघि) ६०३ पाठक संख्या

काठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिनै लाग्दा नेताहरुको भेटघाट तीव्र पारेका छन्।
केहीबेर अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुढानिलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास पुगेका छन्।

देउवाले यसअघि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग छलफल गरेका थिए। छलफलमा ठाकुरले सरकार गठनमा जसपाको भर नपर्न भनेको स्रोतको दाबी छ।

यसैबीच देउवाले अपरान्ह ४ बजे पार्टी पदाधिकारी बैठक राखेका छन्।

कांग्रेसका एक नेताले दिएको जानकारीअनुसार पदाधिकारी र पूर्वपदाधिकारीलाई बैठकमा बोलाइएको छ।