आज: १२ मंसिर २०८१, बुधबार | Wed, 27, Nov, 2024

एमालेले विवादका सबै कुरा बिर्सने, स्थायी कमिटीका चार निर्णय यस्ता छन (विज्ञप्तिसहित)

गोकर्णेश्वर खबर३० बैशाख २०७८, बिहीबार १३:०१ मा प्रकाशित (३ साल अघि) २०६ पाठक संख्या

३० वैशाख, काठमाडाैँ । नेकपा एमालेले माधव नेपालसहित चार नेतामाथिको निलम्बनको कारवाही फुकुवा गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेको हो । पार्टीलाई एक बनाउन अध्यक्ष केपी शर्मा ओलीले कारवाही फुकुवाको प्रस्ताव राखेपछि बैठकले अनुमोदन गरेको हो ।

एमाले संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङले पार्टी एकता कायम राख्न त्यस्तो निर्णय गरिएकाे जानकारी दिनुभयाे । त्यस्तै बैठकले माधवकुमार नेपाललगायत असन्तुष्ट नेताहरूका मागका सम्बन्धमा छलफल गर्न अध्यक्ष केपी ओलीलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।