कठमाडौं, वैशाख ३० गते । नेकपा एमालेको स्थायी समितिको बैठकले माधवकुमार नेपाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषालमाथिको कारवाही फुकुवा गर्ने निर्णय गरेको छ । पार्टी एकतालाई ध्यान दिंदै र सङ्कट अन्त्यका लागि सो कारवाही फुकुवा गरिएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताउनुभयो ।
साथै बैठकमा देशको अहिलेको सङ्कटको अवस्थाबारे र राजनीतिक विषयमा छलफल भयो । त्यसको निर्णय गर्ने अख्तियारी अध्यक्ष ओलीलाई दिने निर्णय बैठकले गरेको नेम्बाङ्ले बताउनुभयाे ।