काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीशको मृत्यु भएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचाररत न्यायाधीश वासुदेवलाल श्रेष्ठको मृत्यु भएको हो ।
उनको बुधबार राति मृत्यु भएको हो । उनी पन्ध्र दिनदेखि अस्पतालमा भर्ना भएर उपचार गराइरहेका थिए ।
उनको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।