आज: ४ बैशाख २०८२, बिहीबार | Thu, 17, Apr, 2025

अक्सिजन अभाव : नेपाल मेडिकल कलेजले राेक्याे बिरामी भर्ना

गोकर्णेश्वर खबर२९ बैशाख २०७८, बुधबार १३:२७ मा प्रकाशित (३ साल अघि) १०८४ पाठक संख्या

काठमाडौं – नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले अक्सिजन अभाव भएको भन्दै बिरामी भर्ना प्रक्रिया बन्द गरेको छ।

कोरोना संक्रमितको चाप वृद्धि भइरहेका बेला अक्सिजन पर्याप्त उपलब्ध नभएकाले अर्को सूचना नभएसम्मका लागि बिरामी भर्ना नसकिने जनाएको हो।

साथै अस्पतालले अक्सिजन उपलब्ध हुने सम्भावना न्यून रहेकाले गम्भीर समस्या उत्पन्न हुन सक्ने देखिएकाले सो अगावै वा आफ्नो व्यवस्था गर्न पनि बिरामी पक्षलाई भनेको छ।

सूचनामा भनिएको छ, ‘अक्सिजन उपलब्ध हुन नसक्ने उल्लेखित व्यवहोरासहित बिरामीलाई डिस्चार्ज गर्न लागिएकोबारे सम्बन्धित निकायमा जानकारी गराइसकिएको छ।’

यसबाट पर्न जाने असुविधाप्रति अस्पताल प्रशासनले क्षमा पनि मागेको छ।