आज: १२ फाल्गुन २०८१, सोमबार | Mon, 24, Feb, 2025

उपत्यकामा आज थप ३९२७ जनामा कोरोना संक्रमण,काठमाडौंका मात्रै २७८८ जना

गोकर्णेश्वर खबर२८ बैशाख २०७८, मंगलवार १८:१८ मा प्रकाशित (३ साल अघि) २९२ पाठक संख्या

काठमाडौँ । काठमाडौँ उपत्‍यकामा पछिल्लो २४ घण्टामा ३९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २७८८ जना, भक्तपुरमा ५३७ जना र ललितपुरमा ६०२ जना कोरोना संक्रमित भेटिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर ९४८३ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् भने एकै दिन २२५ जनाको मृत्यु भएको छ ।